रोयल इन्फिल्ड मन पराउनेलाई ‘हन्टर’ कम बजेटको बाइक हो। स्टाइलिस र क्लासिक लुकले युवामाझ बढी लोकप्रिय छ। हन्टर ग्लोबल रुपमै अवार्ड जितेको मोडलमा पर्छ।
बुलेट चढ्न रहर हुने तरमूल्य बढी हुँदा खरिद गर्न नसक्नेलाई हन्टर चढ्ने अवसर छ।
नयाँ रोयल इन्फिल्ड चढ्न साढे ६ लाख रुपैयाँ खर्च गर्ने अवस्था छैन। साढे ४ लाख रुपैयाँमै कम्पनीले बाइक उपलब्ध गराएको छ। हन्टरको सुरुवाती मूल्य ४ लाख ५९ हजार मात्रै छ।
यसको टप भेरियन्टमा ४ लाख ७९ हजार रुपैयाँ तोक्दा मिड भेरियन्टको ४ लाख ७५ हजार छ।
सार्वजनिक हुने वित्तिकै विश्वबजारमा बढी बिक्री भएको थियो। रोयल इन्फिल्ड मोटरसाइकको नेपालकालागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले भदौ अन्तिममा मात्रै सार्वजनिक गरेको थियो।
नाडा अटो शोमा ग्राहकलाई तान्न सफल मोटरसाइकल सिटी राइडिङ, फन राइडिङबाट मज्जा लिन सकिन्छ। कम्पनीको बढी बुकिङ हुने मोटरसाइकलमा हन्टर पर्छ।
कम्प्याक्ट डिजाइनको मोटरसाइकलको पर्फमेन्स र पावर एकदमै राम्रो रहेको छ। हन्टर ३५० सिसीको सिंगल सिलिन्डर फोर स्ट्रोक इन्जिनको मोटरसाइकल हो।
हन्टरमा पावर २०.२ बीएचपी रहेको छ भने टर्क २७ एनएम जेनेरेट गर्छ। ५ स्पिडको गेयर बक्स रहेको छ।
हन्टरमा २ भेरियन्टका बाइक रहेका छन्। जसमा रेट्रो मोडल र मेट्रो मोडलको रुपमा बजारमा उपस्थित रहेको छ। रेट्रो मोडलमा १७ इन्चको सिग्गल डिस आउँछ भने मेट्रो मोडलमा डिवल डिसमा रहेको छ।
सेफ्टी फिचर्सको रुपमा डिअल डिस ब्रेकिङ सिस्टमसंगै स्ट्यान्ड सेन्सर रहेको छ।
रोयलइन्फिल्डका धेरै बाइकमा एनालग इन्स्ट्रुमेन्ट सिस्टम रहेकोमा नयाँ मोडलमा डिजिटल एनालग सिस्टम राखिएको छ। युएसबी चार्जिङ पोर्ट र एलइडी टेल लाइट्स रहेको छ। गेयर डिस्प्ले समेत रहेको छ।
फ्यूल क्यापासिटी १३ लिटर रहेको छ। १ लिटर पेट्रोलले ३० देखी ३५ लिटर फ्रन्ट टायर साइज ११०/७० र रियर टायर साइज १४०/७० एमएम रहेको छ। ग्राउन्ड क्लियरेन्स १५० एमएम रहेको छ।
हन्टरको टप स्पिड ११४ किलोमिटर प्रतिघण्टासम्म रहेको छ। रेट्रोमा फ्याक्ट्री ब्ल्याक र सिल्भरमा आउँछ भने मेट्रोमा ६ वटा कलर भेरियन्टमा बाइक उपलब्ध रहेको छ।
भिडिओ
हन्टर प्रयोग गर्नेलाई बारम्बार सर्भिस गर्ने झन्झट कम हुन्छ। सुरुमा ५०० किमी कुदेपछि सर्भिस गर्नुपर्छ। त्यसपछि हरेक ५ हजार किलोमिटरमा सर्भिस गर्नुपर्छ। यसले राइडरको खर्च समेत बचत हुन्छ।
तस्बिर/भिडिओ : सरोज नेपाल
प्रतिक्रिया