ad ad

कारोबार


दसैँअवधिमा एक वर्षका लागि डिशहोम फाइबर नेट जोड्ने ग्राहकले दुई वर्षको सेवा पाउने

दसैँअवधिमा एक वर्षका लागि डिशहोम फाइबर नेट जोड्ने ग्राहकले दुई वर्षको सेवा पाउने

नेपालखबर
असोज २८, २०८० आइतबार १३:३४, काठमाडौँ

बडादसैँको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने भएका छन्।

घटस्थापनाको शुभअवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि उक्त अफर ल्याएको हो। अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेछन्।

जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन्।       

थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाइ वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ। चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल गरेको छ।

यसअघि उक्त कम्पनीले एसिया कपमा नेपाल र भारतको खेलको खुसीयालीमा आफ्ना पुराना ग्राहकहरुका लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो।

एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा अफर घटस्थापना (असोज २८) देखि पूर्णिमा (कात्तिक ११) सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .