ad ad

कारोबार


२० वाणिज्य बैंकले २ महिनामै गरे साढे १६ अर्ब नाफा, कुनले कति कमाए?

२० वाणिज्य बैंकले २ महिनामै गरे साढे १६ अर्ब नाफा, कुनले कति कमाए?

नेपालखबर
कात्तिक १, २०८० बुधबार ११:१५, काठमाडौँ

वाणिज्य बैंकहरूले १६ अर्ब ६४ करोड नाफा कमाएका छन्।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले भदौ (दुई महिना) मा सो नाफा गरेका हुन्। 

भदौमा ग्लोबल आईएमई बैंकले सर्वाधिक १ अर्ब ७५ करोड नाफा गरेको छ।

त्यसैगरी नबिल बैंकले १ अर्ब ५६ करोड ४ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब ४८ करोड नाफा गरेको छ।

अन्य कुन बैंकले कति नाफा गरे?
नेपाल बैंकले ७० करोड नाफा कमाएको छ।

राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड, नबिल बैंकले १ अर्ब ५६ करोड ४ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब ४८ करोड ६ लाख, स्टान्डर्ड चाटर्ड बैंकले ४८ करोड, हिमालयन बैंकले १ अर्ब २३ करोड, नेपाल एसबीआई बैंकले २७ करोड नाफा गरेका छन्। 

एभरेस्ट बैंकले ७१ करोड २ लाख, एनआईसी एसियाले ८० करोड, माछापुच्छ्रे बैंकले ३७ करोड, कुमारी बैंकले १ अर्ब ४५ करोड, लक्ष्मी सनराइजले ८१ करोड, सिद्धार्थ बैंकले ५८ करोड ६ लाख र कृषि विकास बैंकले ६१ करोड ५ लाख नाफा गरेका छन्।

यस्तै ग्लोबल आईएमई बैंकले १ अर्ब ७५ करोड ५ लाख, सिटिजन्स बैंकले ४४ करोड ३ लाख, प्राइम कमर्सियलले ८३ करोड, एनएमबी बैंकले ७६ करोड ७ लाख, प्रभु बैंकले ६६ करोड ४ लाख र सानिमा बैंकले ५१ करोड २ लाख नाफा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .