भाटभटेनी सुपरमार्केटले जाजरकोट भूकम्पमा परेका नागरिकको उद्धार, उपचार तथा व्यवस्थापनका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले सो सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन्।
गुरुङले विपदमा परेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पीडित नागरिकलाई भाटभटेनीका तर्फबाट सहयोगको घोषणा गरिएको बताएका छन्।
शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको इाति पुगेको छ।
पछिल्लो अपडेट अनुसार त्यहाँ १५७ जनाको निधन भइसकेको छ।
225
Shares
प्रतिक्रिया