ad ad

कारोबार


भूकम्प पीडितलाई सूर्य नेपालले सहयोग गर्‍यो १ करोड नगद

भूकम्प पीडितलाई सूर्य नेपालले सहयोग गर्‍यो १ करोड नगद

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १७:१२, काठमाडौँ

सूर्य नेपालले भूकम्प प्रभावितहरूलाई १ करोड नगद सहयोग गरेको छ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्नका लागि सुर्य नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ करोड हस्तान्तरण गरेको हो। 

सूर्य नेपालका उपाध्यक्ष रवि केसी लगायतको टिमले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेका छन्। 

भूकम्प प्रभावित र पीडितको उद्धार एवं राहतका लागि सो रकम सहयोग गरिएको कम्पनीले जनाएको छ। 

जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको भूकम्पबाट १५३ जनाको निधन भएको छ। 

१७ हजार बढी घर पूर्ण रुपमा क्षति भएको र २ सय बढी घाइते भएको सरकारले बताएको छ। घाइतेहरूको देशका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .