निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिदबिक्रीबारे जवाफ पठाएको छ।
कम्पनीले ८० प्रतिशत सेयर खरिदबिक्रीको जवाफ पठाएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालखबरलाई जानकारी दिएका हुन्।
प्राधिकरणले गत शुक्रबार एनसेलसँग स्पष्टीकरण मागेको थियो।
प्राधिकरणले दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पूँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली २०७६को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो सेयरधनीको सेयर खरिदबिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले जानकारी गराउन निर्देशन दिएको थियो।
‘प्राधिकरणले साेधेकाे प्रश्नको जवाफ ऐनसेलले आज पठाएकाे छ’, प्राधिकरण अध्यक्ष खनालले भने,‘पठाएको पत्रमा प्राधिकरणले अध्ययन गर्दै छ।’
प्राधिकरणले पत्रकाे अध्ययनगरी सार्वजनिक रूपमा जानकारी दिने खनालले बताए।
थप समाचार :
-
एनसेलको सेयर बिक्रीबारे विश्लेषण गरेर मात्रै निष्कर्षमा पुग्छौँ : अर्थमन्त्री
-
विद्यार्थी संगठनद्वारा एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छानबिन माग
-
एनसेल सेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन
-
एनसेल खरिदबिक्रीले तात्यो राजनीतिक वृत्त, पूर्वप्रमदेखि सांसदसम्मले उठाए प्रश्न
-
एनसेलको सेयर बिक्रीमा लेखा समितिको चासो, ९ बुँदामा जानकारी माग
-
२ महिनाअघि बेलायतमा खुलेको कम्पनीले किन्यो एनसेलको सेयर
-
६ अर्ब ६६ करोड बराबरको सेयर बेचेर नेपालबाट बाहिरियो एक्जियाटा
Shares
प्रतिक्रिया