चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले एनसेलको भर्खरै भएको भनिएको ८० प्रतिशत सेयर खरिदबिक्रीबारे टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले पछिल्लो समय विवादित बनेको एनसेल सेयर किनबेचले नेपाली कम्पनीलाई स्वीकृति नदिनुको कारण खुलाएको बताएका हुन्।
उनले पछिल्लो प्रकरणले नेपाली जनतालाई टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्ने मौका दिएको टिप्पणी गरेका छन्।
‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन्। सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदै छ।’
— Nirvana Chaudhary (@BeingNirvana) December 7, 2023नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ । हेर्दै जाऔँ, अरु के के…
एनसेलकाण्डमा विगत १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन नदिने व्यक्तिहरु संलग्न रहेको उनको आरोप छ।
उनले लेखेका छन्, ‘आज जे भएको छ, यही गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन्। देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ।’
Shares
प्रतिक्रिया