चीनबाट ल्याइएको ५६ कार्टन मूर्तिमा सुन भएको आशंकापछि भन्सार विभागले अनुसन्धान गरिरहेको छ।
उक्त मूर्ति करिब दुई हप्ताअघि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको थियो।
भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले दुई हप्ताअघि नै उक्त शंकास्पद मूर्ति बरामद गरिएको जानकारी दिए। हाल यसको ल्याबमा अनुसन्धान भइरहेको उनको भनाइ छ।
भन्सार कार्यालयका अनुसार जाँचको क्रममा एक्सरे गर्दा मूर्तिमा सुनको लेपन लगाइएको आशंका गरिएको थियो। सोसँगै विभागले आफ्नो ल्याबमा परीक्षण गरिरहेको खड्काको भनाइ छ।
594
Shares
प्रतिक्रिया