सरकारले विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित सय मिलियन अमेरिकी डलर ऋण लिने प्रक्रिया अगाडि बढाएको छ।
यससम्बन्धी सम्झौताको दस्तावेजलाई अन्तिम रुप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने बिहीबारको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो।
विश्व बैंकबाट करिब १३ अर्ब ऋण लिन लागिएको हो।
यसबाहेक जर्मनी, साउदी अरेबिया र भारतले दिने अनुदान सहायता स्वीकार्ने निर्णय पनि सरकारले गरेको छ। यसअनुसार जर्मन सरकारबाट प्रस्तावित ३५ मिलियन युरो अर्थात् करिब ५ अर्ब ९ करोड अनुदान सहायता स्वीकारेर सम्झौतामा हस्ताक्षर गर्न बैठकले अख्तियारी दिएको छ।
यस्तै पोलिटेक्निक इन्स्टिच्युट स्थापना र नेपाली कृषकलाई मल उपलब्ध गराउन साउदी अरेबिया सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान पनि स्वीकार्ने निर्णय सरकारले गरेको छ।
त्यस्तै भारत सरकारको अनुदान सहायतामा सञ्चालन हुने हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि अनुदान सहयोग लिने निर्णय पनि सरकारले गरेको छ।
Shares
प्रतिक्रिया