नेपाली रुपैयाँ कुवेती दिनारविरुद्ध सबैभन्दा कमजोर देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार १ दिनार सटही गर्न ४३१.५८ रुपैयाँ तिर्नुपर्नेछ भने आफूसँग भएको १ दिनार साट्दा ४३३.५२ रुपैयाँ पाइनेछ।
त्यसपछि बहरेन दिनारसँग पनि नेपाली रुपैयाँ दोस्रो ठूलो कमजोर देखिएको छ। १ दिनारको खरिद मूल्य ३५३.११ र बिक्री मूल्य ३५४.७० रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जनाएको छ।
यी दुईपछि नेपाली रुपैयाँ बेलायती मुद्रा पाउन्ड स्टर्लिङ, युरो र अमेरिकी डलरसँग उच्च कमजोर बनेको छ। राष्ट्र बैंकका अनुसार १ पाउन्डविरुद्ध १६७.०४, युरोविरुद्ध १४३.२८ र अमेरिकी डलरविरुद्ध १३३.१२ रुपैयाँले कमजोर बनेको हो।
कुन विदेशी मुद्राविरुद्ध कतिले कमजोर छ नेपाली रु.?
501
Shares
प्रतिक्रिया