ad ad

कारोबार


पहिरो जाने जग्गामा ड्रोनबाट बीउ छर्ने प्रविधि प्रभावकारी हुँदै

पहिरो जाने जग्गामा ड्रोनबाट बीउ छर्ने प्रविधि प्रभावकारी हुँदै

नेपालखबर
मंसिर २५, २०८० सोमबार १३:३०, काठमाडौँ

नेपालमा ड्रोनबाट विभिन्न वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी देखिएको छ।

पातलो हुँदै गएको जंगलमा जडिबुटी जन्य वनस्पतिको बिस्तार एवं विकास र  पहिरोको रोकथामको लागि ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी देखिएको हो।

ओखलढुंगा र खोटाङमा गरिएको नमूना परीक्षणले राम्रो नतिजा दिएकाले देशको अन्य भागमा पनि यो विधि अपनाइएको छ। जलवायु परिवर्तनको असर कम गर्न र मासिँदै गएको जंगल पुनः प्राप्त गर्ने उद्देश्य साथ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले ड्रोनबाट बीउ छर्ने प्रविधिमा विगत ३ वर्षदेखि नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।

यो विधि प्रभावकारी देखिएपछि यसम्बन्धी सामग्रीलाई विश्व जलवायु सम्मेलन कोप (२८) मा नेपालको तर्फबाट प्रश्तुत गरिएको छ। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले नेपाल पेभिलिनमा प्रश्तुत गरेको ड्रोनबाट बीउ छर्ने प्रविधिमा अन्य मुलुकका प्रतिनिधिको पनि आकर्षण देखिएको थियो।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गत जलवायु उत्थानशील तथा जीविकोपार्जन कार्यक्रमका संयोजक प्रेम पौडेलले ड्रोनबाट बीउ छर्ने प्रविधिका कारण विगत ३ वर्षमा जंगल क्षेत्र बढाउन तथा सुख्खा क्षेत्रको व्यवस्थापन गर्दै हरियाली बनाउने कार्यमा सफलता मिलेको बताए। नदी, खोला किनारमा बहुतह खेती गर्न समेत यो विधि सफल भएको कार्यक्रम संयोजक पौडेलले बताए।

उनले भने, ‘एउटा हामीले भौगोलिक रुपमा दुर्गम क्षेत्र (जियोग्राफिकल रिमोटनेस एरिया) हरु जहाँनेर जंगलहरुमा हामीले जंगल बढाउने रिफरस्टेशन गर्नुपर्नेछ, जैविक विविधता फर्काउने इकोसिस्टम रिस्टोरेशन गर्नुपर्नेछ। त्यस्ता ठाउँहरुमा र पहिरो गएको ठाउँहरुमा कसरी हामीले वनस्पतिहरुलाई ड्रोनको माध्यमबाट बीउ छर्ने सिडिङ गरेर त्यसलाई उमार्न जर्मिनेट गर्नसक्छौँ र बढाउन इम्रिज गर्नसक्छौँ? भन्ने विषयमा छलफल गर्यौँ। दोस्रो हामीले सुख्खा क्षेत्र व्यवस्थापन नेपालको लागि अत्यन्त संवेदनशील प्रकोप भएर आइरहेको अवस्थामा त्यसलाई  हामीले कसरी सुख्खालाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरामा छलफल गरेका छौँ।’

उनले थपे, ‘अर्को नदी किनारका खेती रिभरबेड फार्मिङहरुमा कसरी बहुउपयोगी प्रणाली मल्टी प्रणालीको कृषि वन प्रणालीलाई विकास गर्नसक्छौँ भन्ने विषयमा एउटा प्राविधिक विषय टेक्निकल पाटाहरुलाई जनताको लेभिलेओरसँग त्यसभित्र पनि वास्तविक पीडित र दुःखी हुनुहुन्छ । त्यस्तो पीडित र दुःखी महिलाहरुलाई, जनसमुदायलाई सम्बोधन हुनेगरी हामीले तीन वटा थिमहरुमा आजको यो प्रश्तुतिमा समेटेका छौँ।’

जमिनको क्षयीकरण घटाउन तथा स्थानीयको जीविकोपार्जन सहज बनाउने उद्देश्य साथ नेपालका पहाडी क्षेत्रमा यो कार्यक्रम सञ्चालन गरिएको हो। वन तथा वातावरण मन्त्रालय, युएनडिपी र ग्लोवल इन्भाइरोमेण्ट फ्यासिलिटीले खोटाङ र ओखलढुंगामा यो कार्यक्रम सञ्चालन गरेको छ। नेपालमा वन फडानीको कारण पहिरो जाने र त्यसले तराईमा समेत बाढी र कटानको समस्या देखिने गरेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .