ad ad

कारोबार


हिमालय एयरलाइन्सको ल्हासा उडानको टिकट बुकिङ खुला

हिमालय एयरलाइन्सको ल्हासा उडानको टिकट बुकिङ खुला

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०८० मंगलबार १०:२७, काठमाडौँ

हिमालय एयरलाइन्सले चीनको स्वशासित क्षेत्र ल्हासामा हरेक सोमबार उडान भर्ने भएको छ।

नयाँ गन्तब्यको रुपमा हिमालयले पुस १२ अर्थात डिसेम्बर २८ तारिकदेखि उडान शुरु गर्ने भएको हो। पहिलो उडान भने बिहीबारको दिन हुने एयरलाइन्सले जनाएको छ।

२५ मार्चसम्म हरेक सोमबार उडान हुने तालिका सार्वजनिक गरेको छ। ल्हासा उडानकोलागि टिकट बुकिङ खुल्ला भएको छ। ल्हासामा एयरबस ३१९ जहाजबाट उडान हुनेछ। 

हिमालयले २ डिसेम्बरदेखि सांघाईमा पनि उडान शुरु गरेको छ। नयाँ गन्तब्य चोङचिङको उडानको लागिसमेत टिकट बुकिङ गरिरहेको एयरलाइन्सले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .