सेयर बजार झिनो अंकले बढेको छ। आज २.६० अंकले बढेको बजार १९८८.०४ विन्दुमा पुगेको छ।
बजार बढ्दा कारोबार भने खुम्चिएको छ। आज ३ अर्ब ९० करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा ४ अर्ब २९ करोडको कारोबार भएको थियो।
आज १९८५.४४ अंकमा खुलेको बजार उच्च २०१६ विन्दु पुग्न सफल भई पुनः १९८८.०४ अडिएको छ।
आज कारोबारमा आएका मध्ये १३४ कम्पनीको सेयरमूल्य बढेको छ भने १०० कम्पनीको घटेको छ। ७ कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ।
आज बोटलर्स नेपाल (बालाजु) कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा प्रतिकित्ता सेयरमूल्य ३ हजार २६५ रुपैयाँ पुगेको छ।
सोनापुर मिनिरल एण्ड आयल कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १४ करोड ६७ लाखको करोबार भएको छ। त्यसैगरी अरुण काबेली पावर कम्पनीको १२ करोड ४२ लाख र शिवम सिमेन्टको १२ करोड ६६ लाखको कारोबार भएको छ।
आज कुथुली बुखुरी स्मल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५।६९ प्रतिशतले घटेको छ।
Shares
प्रतिक्रिया