सेयरबजार परिसूचक आज ६.५५ अंकले बढेको छ। योसँगै नेप्से १९९४.६० विन्दुमा पुगेको हो।
बिहीबार ९६ लाख ३७ हजार कित्ता सेयर बिक्री भएको हो। योसँगै कारोबार रकम ३ अर्ब १५ करोड १६ लाख पुगेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १४० कम्पनीको सेयर मूल्य बढेको, ९१ वटाको घटेको र १० वटाको उही मूल्यमा कारोबार भएको हो।
आज बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रो र नेपाल रिपब्लिक मिडियोको सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै गुराँस लघुवित्त, मानुषी लघुवित्तलगायको सेयर भने घटेको नेप्सेले जनाएको छ। सबैभन्दा बढी कारोबार भने सोनापुर मिनरल्सको १६ करोडको भएको छ।
51
Shares
प्रतिक्रिया