नबिल बैंक लिमिटेडले स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ गरेको छ।
शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच बैंकको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गरे।
बैंकले ३ अर्ब रुपैयाँको (९ प्रतिशत नबिल डिबेन्चर २०८७) ऋणपत्र निष्कासन गरेको छ। प्रतिइकाई १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको छ।
जसमा १८ लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ। बाँकी रहेको १२ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ।
त्यसबाट ६० हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
नबिलले ७ वर्षका लागि निष्कासन गरेको ऋणपत्रमा ९ प्रतिशत ब्याज पाइनेछ। ऋणपत्रमा पुस ३ गतेसम्म आवेदन दिन सकिनेछ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ। यसमा न्युनतम २५ देखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ।
Shares
प्रतिक्रिया