ad ad

कारोबार


पुरानो बिलसहित ल्याउँदै गरेको १६ हजार ४० किलो प्याज काभ्रेबाट बरामद

पुरानो बिलसहित ल्याउँदै गरेको १६ हजार ४० किलो प्याज काभ्रेबाट बरामद

नेपालखबर
पुस १, २०८० आइतबार १८:१२, काठमाडौँ

प्रहरीले काभ्रेपलाञ्चोकबाट १६ हजार ४० किलोग्राम प्याज बरामद गरेको छ। धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङ चेकपोष्टबाट आइतबार उक्त परिमाणको प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पूर्वबाट आएका सवारी साधन चेकजाँच गर्ने क्रममा पुरानो बिलसहित अवैध रुपमा ल्याइएको ४ वटा टाटा गाडी र ३ वटा बोलेरो गाडीबाट उक्त प्याज बरामद गरिएको हो। 

प्रहरीका अनुसार ४०१ थान बोरा (प्रतिबोरा ४० किलो) १६ हजार ४० किलो प्याज बरामद भएको छ। बरामद प्याज आवश्यक कारवाहीका लागि गाडीसहित राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

बजार मूल्यअनुसार प्रतिकिलो १७० का दरले करिब २७ लाख २६ हजार आठ सय रुपैयाँ बराबरको प्याज बरामद भएको हो।

ना ५ च २३६१ को बोलेरो गाडीबाट प्रतिबोरा ४० किलोग्रामको ६० बोरा, म.प्र. ०२–००१ च. १०९० को बोलेरोबाट प्रतिबोरा ४० किलोग्रामको ५५ बोरा, ज. १ च. १६६७ को  बोलेरोबाट प्रतिबोरा ४० किलोग्रामको ६० बोरा, प्र.१–०१–००१ च. ८५५९ को गाडीबाट प्रतिबोरा ४० किलोग्रामको ६२ बोरा प्याज बराद भएको हो।

त्यस्तै प्र.२–०४–००१ च. २५२३ को योद्धा गाडीबाट प्रतिबोरा ४० किलोको ५० बोरा, प्र. २–०४–००१ च. ००३८ को योद्धा गाडीबाट प्रतिबोरा ४० किलोको ५७ बोरा र प्र. २–०४–००१ च ००८९ को योद्धा गाडीबाट प्रतिबोरा ४० किलोको ५७ बोरा प्याज बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .