हिमालयन रि-इन्स्योरेन्सको आईपीओ १५ लाख ३९ हजारले भरेका छन्।
सीडीएस एण्ड क्लियरिङका अनुसार आज (सोमबार) बिहान १० बजेसम्म १५ लाख ३९ हजार ४३० जनाले आईपीओ भरेका हुन्।
कुल २ करोड ४९ लाख कित्ताका लागि आवेदन खुलाइएको थियो। पाँचौ दिनसम्म २ करोड ९६ लाख १८ हजार कित्ताका लागि आवेदन परेको छ।
माग गरिएको कुल सेयर संख्यामा बढी आवेदन परेको छ।
अहिलेसम्म कुल ६ अर्ब १० करोड रुपैयाँ बैंक खातामा ‘ब्लक’ भएको छ।
बुधबारदेखि खुलेको हिमालय रिइन्स्योरेन्सको आईपीओ भर्ने म्याद आज (पुस २ गते) सम्म छ।
प्रतिक्रिया