ad ad

कारोबार


ग्रेट वाल मोटर्सले ल्यायो विन्टर अफर

ग्रेट वाल मोटर्सले ल्यायो विन्टर अफर

नेपालखबर
पुस ४, २०८० बुधबार २१:१९, काठमाडौँ

नेपालमा जीडब्लुएम सवारी साधनहरूको आधिकारिक वितरक, भीजी इम्पेक्स प्रालिले लक्जरी, सेभिङ साथै अन्य फाइदाहरूका साथ विन्टर अफर ल्याएको छ।

यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभको आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीको भनाई छ।

दि लक्जरी ड्राइभ : ३ लाखसम्मको फाइदा!
कम्पनीका अनुसार लक्जरी ड्राइभ खोज्नेहरूका लागि, जीडब्लुएमले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ।

यो अफरमार्फत विद्युतीय सवारीसाधन उत्साहीहरूले जीडब्लुएमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा रु ३ लाखसम्मको फाइदाहरू छन्।

९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको पहिले अनुभव नगरिएकोे ड्राइभिङ अनुभव प्रदान गर्दछ।

उत्कृष्ट सम्झौताहरूका लागि गियर अप फर ग्रेट डिल्स : ७ लाख सम्मका फाइदाहरू!
जीडब्लुएमको गियर अप फर ग्रेट डिल्स अफरको साथ ग्राहकहरूले जीडब्लुएमका प्रिमियम एसयूभी हरुमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिज र निःशुल्क व्यापक बीमा सहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन्।

यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन्। चाहे प्रिमियम एसयूभी होस वा विद्युतीय सवारी होस् जीडब्लुएमसँग प्राथमिकता र जीवनशैली अनुरूप विभिन्न विकल्पहरू रहेका कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .