ad ad

कारोबार


क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स लिमिटेड प्रतिष्ठित राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कारबाट सम्मानित

क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स लिमिटेड प्रतिष्ठित राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कारबाट सम्मानित

नेपालखबर
पुस ४, २०८० बुधबार २१:४७, काठमाडौँ

क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स लिमिटेड भारत सरकारको ‘राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार २०२३’ बाट सम्मानित भएको छ।

उक्त पुरस्कार भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले विज्ञान भवन, नयाँ दिल्लीमा राष्ट्रिय ऊर्जा संरक्षण दिवसमा प्रदान गरेकी थिइन्।

राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार ऊर्जा संरक्षणमा असाधारण योगदान दिएबापत प्रदान गरिन्छ। पुरस्कारको स्थापना डिसेम्बर १४, १९९१ मा भएको हो।

सो अवसरमा चौधरी ग्रुपले क्रम्प्टनलाई बधाईको दिनुका साथै दुई कम्पनीबीचको सहकार्यमा सन्तुष्टि जनाएको छ।    

नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले क्रम्प्टन ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ।

चौधरी ग्रुपले नेपालमा क्रम्प्टनका फ्यान, हिटर, गिजर, इमर्सन रड, आइरन, मिक्स्चर ग्राइन्डर, इन्डक्सन र एयर कुलर बेच्दै आइराखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .