जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
सरकार र साधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ। त्यस्तै कम्पनीले पुस २९ गतेका लागि साधारणसभा पनि बोलाएको छ।
साधारणसभाका लागि कम्पनीले पुस १८ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ। पुस १७ गतेसम्म कायम सेयरधनी लाभांश लिन र साधारणसभामा भाग लिनका लागि योग्य हुनेछन्।
57
Shares
प्रतिक्रिया