ad ad

कारोबार


सेयरबजारमा ‘करेक्सन’, ३२ अंकले घटे पनि ६ अर्बमाथिको कारोबार

सेयरबजारमा ‘करेक्सन’, ३२ अंकले घटे पनि ६ अर्बमाथिको कारोबार

नेपालखबर
पुस ५, २०८० बिहिबार १५:२५, काठमाडौँ

सेयरबजारमा बिहीबार ‘करेक्सन’ देखिएको छ। यो साता निरन्तर हरियो हुँदै आएको बजार परिसूचक ३२.७७ अंकले घटेको हो। 

योसँगै नेप्से २१०९.१० विन्दुमा रोकिएको छ। बजार घटे पनि कारोबार रकम भने ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँ छ। आज बजारमा १ करोड ७१ लाख ७२ हजार कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

योसँगै बिहीबार ५० कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको घटेको र ३ वटाको उही मूल्यमा कारोबार भएको छ। 

आज बोटलर्स नेपाल, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बीपीडब्लु लघुवित्तलगायतको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी सूर्यज्योति लाइफ, उन्नतिसहकार्य लघुवित्त लगायतका सेयरधनीले भने गुमाएका छन्। 

आज शिवम् सिमेन्टको ३० करोडको सर्वाधिक सेयर कारोबार भएको छ। दिनभरिमा आज १ लाख ११ हजार ९ सय ८० पटक सेयर खरिदबिक्री भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .