ad ad

कारोबार


अर्थमन्त्रीको दाबी : ओलीको पालामा बिग्रिएको अर्थतन्त्रले अब लय समात्यो

अर्थमन्त्रीको दाबी : ओलीको पालामा बिग्रिएको अर्थतन्त्रले अब लय समात्यो

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०८० बिहिबार १५:३४, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नेपालको अर्थतन्त्र बिग्रिएको बताएका छन्। 

बिहीबारदेखि सुरु  धनुषाधाममा कांग्रेसको मधेस प्रदेश कार्यसमिति सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो जिकिर गरेका हुन्। 

‘अहिले अर्थतन्त्रले एउटा लय पक्रिँदैछ। शेयर मार्केट माथि उठ्दैछ’, उनले भने, ‘जग्गा कारोबार बढ्दैछ। रेमिट्यान्स ३० प्रतिशतले बढेको छ। अहिले नेपालमा पर्यटकको आगमन पनि बढेको छ। ऋण प्रवाह पनि बढेको छ। अब विकासले लय पक्रेको छ।’ 

उनले ओलीको पालादेखि बिग्रेको अर्थतन्त्र सुधार्न समय लागेको बताए। ‘ओलीजीको पालादेखि बिग्रेको अवस्थामा सुधार हुँदैछ’, उनले भने, ‘मैले पनि काम गरिरहेको छु। अर्थतन्त्रमा अब निर्णायक सुधार आउँछ।’

उनले नेपाली कांग्रेसको नेतृत्वमा मधेसको विकासको चाहना अब पूरा हुने बताए। ‘म आउँदा बजेट थोरै थियो। आर्थिक समस्याले बजेट बिनियोजन गर्न सकिएन। तर यहाँको विकासको नेतृत्व कांग्रेसले नै गर्नेछ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .