ad ad

कारोबार


दार्चुला-तिंकर सडकको अनुगमनमा पुगे भौतिक मन्त्री ज्वाला

दार्चुला-तिंकर सडकको अनुगमनमा पुगे भौतिक मन्त्री ज्वाला

नेपालखबर
पुस ५, २०८० बिहिबार १६:४४, काठमाडौँ

दार्चुला-तिंकर सडकको स्थलगत अनुगमनका लागि भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला नेतृत्वको टोली बिहीबार पुगेको छ।  

जिल्लाको तुषरपानी-कोठाधार-तिंकर सडकखण्डमा भइरहेको कार्यप्रगतिको स्थलगत अनुगमन गर्न मन्त्री ज्वालासहित दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडू, भौतिक पूर्वाधार सचिव केशव शर्मा र सेनाको विकास निर्माण हेर्ने सहायक रथी विकास पोखरेलसहितको टोली पुगेको हो। 

बिहीबार बिहान मन्त्री ज्वाला र सासंद बडूसहितको टोली त्रिभूवन विमानस्थलबाट दार्चुलाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत गएको थियो। 

‘अहिले हामी सडक अनुगमनकै क्रममा छौँ। हेलिकोप्टरबाट तिंकरसम्म जान्छौँ। यहाँको कामकारबाहीबारे हामीले जानकारी लिएका छौँ’, ज्वालाले भने। 

तिंकर सडक अनुगमनपछि टोली सुर्खेत फर्किने कार्यक्रम छ।  बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली सेनाद्वारा निर्माण भइरहेको दार्चुलाको ‘तुसारपानी-कोठेधार-तिंकर’ सडकखण्डबारे चर्चा भएको थियो।  

उक्त सडकको राष्ट्रिय महत्वलाई ध्यानमा राख्दै उक्त सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न आवश्यक बजेट निकासा दिन समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो। उक्त अवसरमा नेपाली सेनाले दार्चुला-तिंकर सडकखण्डको प्रगति विवरणबारे ब्रिफिङ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .