ad ad

कारोबार


नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउनेबारे धितोपत्र बोर्डले अर्थलाई पत्र लेख्ने

नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउनेबारे धितोपत्र बोर्डले अर्थलाई पत्र लेख्ने

फाइल तस्बिर


नेपालखबर
पुस ६, २०८० शुक्रबार १५:३२, काठमाडौँ

धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको छ।

बोर्डको शुक्रबार बसेको बैठकले लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थलाई पत्र लेख्ने निर्णय गरेको बोर्डका एक सदस्यले जनाकारी दिए।

गत शुक्रबार सञ्चालक समितिको बैठक राखेर सहजीकरण तथा निर्देशनका लागि भन्दै अर्थ मन्त्रालयलाई बोर्डले पत्र लेखेको थियो।

अर्थले सोमबार नयाँ स्टक लाइसेन्स दिने विषयमा यसअघि मन्त्रिपरिषद्ले भनेबमोजिम नभएकोले थप प्रक्रिया पूरा गर्नुपर्ने भन्दै जवाफ पठाएको थियो।

त्यसमा मन्त्रीपरिषद्ले भनेअनुसार भए नभएको अर्थमन्त्रालयले प्रश्न सोधेको थियो।

त्यसमा शुक्रबारको बैठकले अर्थलाई मन्त्रिपरिषदले भने बमोजिम नै अध्ययन भएर प्रक्रिया अघि बढाउन भनिएको  विषय उल्लेख गरेर पत्र लेख्ने निर्णय गरेको हो।

‘गत वैशाखमा नै मन्त्रिपरिषदले थप अध्ययन गरेर यसबारेमा निर्णय गर्नु भनेको थियो। यही सोमबार अर्थमन्त्रालयलेसमेत मन्त्रिपरिषद्ले भने बमोजिम भए नभएको विषय सोधेको थियो', ती सदस्यले भने, 'त्यसमा एक चरण अध्ययन भइसकेकाले थप अध्ययन गर्नुनपर्ने निर्णय गरेको छ।’

त्यहीअनुसार अर्थमन्त्रालयललाई पत्र लेख्ने निर्णय बैठकले गरेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .