ad ad

कारोबार


किन थला पर्‍यो कुनै समय घरघर पुगेको तोसिबा?

टोक्यो स्टकसँग टुंगियो जापानी इलेक्ट्रोनिक्स हस्तीको ७४ वर्ष लामो इतिहास
किन थला पर्‍यो कुनै समय घरघर पुगेको तोसिबा?

सुरञ्जना तिवारी
पुस ७, २०८० शनिबार २०:३२, काठमाडौँ

कुनै जमाना यस्तो पनि थियो, हाम्रो घरमा हुने कुनै न कुनै टिभी, कम्प्युटर, स्पिकर वा अन्य विद्युतीय सामग्री तोसिबाले बनाएकै हुन्थ्यो। 

जापान इन्कले चर्चित कम्पनी विद्युतीय उपकरण निर्माणमा जापानी बजारमा प्रभुत्व जमाइरहेको एक ‘पोस्टर ब्वाई’ थियो। जुन कम्पनी ७४ वर्ष लामो टोक्यो स्टक एक्सचेन्जको इतिहास अन्त्य गर्दै सूचीबाट बाहिरिएको छ। 

जापानकै सुप्रसिद्ध औद्योगिक नाममध्येको एक रहेको कम्पनी कसरी यस्तो अवस्थामा आइपुग्यो त? यो सबैको सुरुवात सन् २०१५ मा भयो जब यसअन्तर्गतका डिभिजनहरुमा हरहिसाबको गोलमाल भेटिन थाल्यो। तिनमा धेरै व्यवस्थापनकै उच्चपदस्थहरुको हात भेटियो। 

सात वर्षसम्म तोसिबाले डेढ अर्ब डलरभन्दा माथि (१.५९ अर्ब डलर) आफ्नो नाफा देखाएको थियो। 

सन् २०२० मा तोसिबाभित्र हिसाबमा थप गडबडी फेला परे। कर्पोरेट सुशासनसम्बन्धी विभिन्न आरोपहरु त छँदै थिए, सेयरसदस्यसम्बन्धी निर्णय कसरी हुन्छन् भन्ने प्रश्नहरु उठेका थिए। 

सन् २०२१ मा गरिएको एक अनुसन्धानले तोसिबा र जापानको वाणिज्यमन्त्रीसँगको साँठगाँठ रहेको भेटियो। यसले विदेशी लगानीकर्ताको स्वार्थ दबाउन तोसिबालाई एउटा रणनैतिक सम्पत्तिको रुपमा प्रयोग गरिएको पाएको थियो। 

त्यतिबेला विज्ञहरुले यसलाई जापानी सेयरहरुमा विदेशी लगानीकर्तालाई लगानी गर्न हतोत्साही बनाएको बताएका थिए। यसलाई उनीहरुले खालि तोसिबा समस्या मात्र नभनी पूरै जापानी सेयरबजारको मुद्दा भनेका थिए। 

सन् २०१६ को अन्त्यतिर तोसिबाले एक वर्षअघि अमेरिकी युनिट वेस्टिङहाउस इलेक्ट्रिकले खरिद गरेको एक आणविक ऊर्जा प्लान्टको निर्माणसँग सम्बन्धित धेरै अर्ब डलरको शुल्क लिने बताएको थियो। 

तीन महिनापछि वेस्टिङहाउस टाट उल्टियो भने यसले तोसिबालाई आफ्नो आणविक व्यवसाय भत्किएको र ६ अर्ब डलरमाथिको दायित्वमा फस्नुपर्ने अवस्था आयो। 

त्योसँगै कम्पनीले मोबाइल फोन, मेडिकल प्रणाली र विद्युतीय सामग्रीलगायत व्यवसाय बेच्नुपर्यो। त्यसपछि बाँकी रहेको चिप युनिट पनि बिक्रीमा राख्न बाध्य भयो। यो त्यस्तो सम्झौता थियो जुन एक साझेदारसँगको लफडाका कारण धेरै महिना ढिलाइ भएको थियो। 

यो सबै त्यतिबेला भइरहेको थियो जतिखेर कम्पनीहरु प्रविधि र आविष्कारको भविष्यमा व्यापक लगानी गरिरहेका थिए। तोसिबा भने पैसा उठाउनका लागि आफ्नो सम्पत्ति बेचिरहेको थियो। 

सन् २०१७ को अन्त्यतिर कम्पनीले विदेशी लगानीकर्ताबाट ५.४ अर्ब डलर लगानी व्यवस्थापन गर्न सफल हुँदै टोक्यो एक्सचेन्जबाट डिलिस्टिङ हुनबाट बचेको थियो। 

तर कम्पनीको दिशालाई लिएर सेयरसदस्यहरुले भन्नु धेरै थियो। 

त्यसले विवाद र लफडातर्फ कम्पनीलाई धकेल्दा ब्याट्री, चिप र आणविक तथा प्रतिरक्षा सामग्री निर्माता थिलोथिलो हुनपुग्यो। 

योसँगै कम्पनीलाई ससाना कम्पनीहरुमा टुक्र्याउनेबारे बहस समेत भएको थियो। यसका लागि तोसिबाले कम्पनीलाई प्राइभेट बनाउन सकिने नसकिनेबारे अध्ययन गर्न एउटा समिति बनायो। 

सन् २०२२ को जुनमा तोसिबाले आठवटा खरिद प्रस्ताव प्राप्त गर्यो। 

यो वर्षको सुरुतिर कम्पनीले जापान इन्भेष्टमेन्ट कर्प (जेआईसी)को नेतृत्वमा रहेको जापानी लगानीकर्ताको एउटा समूहले १४ अर्ब डलरमा किन्न लागेको जानकारी गराएको थियो। 

तोसिबालाई लिएर यसका नयाँ मालिकले कसरी के गर्लान् भन्ने खुलिसकेको त छैन तर यसका छोड्दै गरेका प्रमुखले भने हाइ–मार्जिन डिजिटल सेवाहरु नै मुख्य लक्ष्य हुने बताएका छन्। 

जेआईपीसँग ठूला उत्पादकहरु सोनीको ल्यापटप विभाग र ओलम्पसको क्यामेरा युनिटलगायत व्यवसाय झिकेको इतिहास छ। 

सन् २०१४ मा सोनीको भेयो ल्यापटप व्यवसाय प्राप्तिले यसलाई गत वर्ष कीर्तिमानी बिक्रीका लागि मद्दत मिलेको थियो। 

तर तोसिबा आफैँमा ठूलो कम्पनी भएकाले यसप्रति चासो पनि उत्तिकै छ। किनभने यसले १ लाख ६ हजार मानिसलाई रोजगारी दिएको छ भने केही यसका व्यवसाय राष्ट्रिय सुरक्षाजत्तिकै महत्त्वपूर्ण समेत छन्। बीबीसीबाट भावानुदित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .