ad ad

कारोबार


बक्यौता नतिर्ने उद्योगको बिजुली काट्न सुरु, शुक्रबार काटियो ४ सिमेन्ट उद्योगको

बक्यौता नतिर्ने उद्योगको बिजुली काट्न सुरु, शुक्रबार काटियो ४ सिमेन्ट उद्योगको

नेपालखबर
पुस ६, २०८० शुक्रबार २०:१८, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको विद्युत आपूर्ति रोक्न थालेको छ।

शुक्रबार ५ वटा उद्योगको लाइन काटेको छ। 

शुक्रबार लाइन काटिएकामा जगदम्बा, रिलायन्स, घोराही र अर्घाखाँची सिमेन्ट छ। 

उनीहरुको बक्यौता क्रमशः १ अर्ब १४ करोड, १ अर्ब ९४ करोड, १ अर्ब ३६ करोड र १ अर्ब ३० करोड रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई तुरुन्त बक्यौता उठाउन निर्देशन दिएका थिए। बक्यौता नतिर्ने उद्योगी व्यवसायीको बिजुली काट्न उनको निर्देशन थियो।

गत भदौमा भने प्रधानमन्त्री प्रचण्डले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई डेडिकेटेड लाइन र ट्रंकलाइनवापतको शुल्क उठाउन रोकेका थिए। 

कति छ बक्यौता?

डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौतालाई लिएर व्यवसायी र प्राधिकरणबीच लामाे समयदेखिको विवाद छ।

२०७२ सालदेखि उद्योगीहरूले ट्रंक र डेडिकेटेडलाइनको सुविधा लिन थालेका थिए।

देशमा ऊर्जा संकटका बेला दैनिक १८ घण्टासम्म लोडसेडिङ खेपिरहेका बेला केही उद्योगले यो सुविधा पाएका थिए।

त्यसबेलादेखिको विद्युत महसुल भने ती उद्योगहरूले अहिलेसम्म प्राधिकरणलाई तिरेका छैनन्। यस्तो बक्यौता २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको प्राधिकरणको हिसाबमा छ। यसमा करिब २० अर्ब साँवा र बाँकी हर्जना रहेको छ।

५८ वटा उद्योगले बक्यौता तिर्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .