ad ad

कारोबार


अर्थमन्त्रीले भने : देशभित्रै अवसर छ, सदुपयोग गर्नुहोस्

अर्थमन्त्रीले भने : देशभित्रै अवसर छ, सदुपयोग गर्नुहोस्

तस्बिर : रासस


नेपालखबर
पुस १०, २०८० मंगलबार १४:५७, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन्।

मंगलवार चितवनमा आयोजित ‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को उद्घाटन समारोहमा बोल्दै उनले सो दाबी गरेका हुन्।

अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरूले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन जरुरी रहेको पनि बताए। उनले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि पुर्‍याउन सकिने दोहोर्‍याए।

मन्त्री महतले भने, ‘अब आर्थिक तथ्यांकहरूले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ। यो अवसरलाई ग्र्याप गर्नुपर्छ। त्यो भयो भने नेपालको अर्थतन्त्रले एउटा जम्फ स्टार्ट गर्छ। यहाँको जलविद्युत, कृषि व्यवसाय, पर्यटन र आईटी क्षेत्रले अर्थतन्त्रलाई माथि पुर्‍याउने निश्चित छ। यहीँ अवसरहरू छन्।’

अर्थमन्त्री महतले देशभित्रै केही गर्न युवालाई आह्वान गरे। नेपालमा केही छैन भन्ने सोचेर बाहिर जानेभन्दा पनि नेपालमै केही गर्न सकिन्छ भन्ने सोच राखेर अघि बढ्न उनको आग्रह छ। 

उनले भने, ‘म युवाहरूलाई पनि अनुरोध गर्न चाहन्छु–नेपालमा केही पनि छैन भन्ने किसिमले सोच्यो भने केही पनि देखिँदैन। देशभित्रै खुसियाली सृजना गर्न सकिन्छ। यो देशमा धेरै गर्न बाँकी भएकोले अवसर पनि यही देशमा छ।’

उनले चितवनको पर्यटन क्षेत्रमा आकर्षण थप्नका लागि पूर्व–पश्चिम राजमार्ग ६ लेन र जंगल क्षेत्रमा ४ लेनको बिस्तार गर्ने कार्यलाई सरकारले तत्काल अघि बढाउने वचन दिए।

त्यस अवसरमा अर्थमन्त्री महतले निकुञ्जसम्बन्धी पुरानो ऐन सरकारले संशोधन गर्ने आश्वासन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .