ad ad

कारोबार


हिमालयन रिइन्सुरेन्सको आईपीओ बाँडफाँड, ३० कित्तासम्म भर्ने सबैले पाए

हिमालयन रिइन्सुरेन्सको आईपीओ बाँडफाँड, ३० कित्तासम्म भर्ने सबैले पाए

नेपालखबर
पुस ११, २०८० बुधबार ११:९, काठमाडौँ

हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँड भएको छ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बुधबार आईपीओ बाँडफाँड गरेको हो।

३० कित्तासम्म आवेदन दिने सबैले आफूले भरेजत्तिकै सेयर पाएका छन्।

१०, २० र ३० कित्तासम्म आवेदन दिएका सबैले मागेजति आईपीओ पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ।

३० कित्ताभन्दा बढीका लागि आवेदन दिनेहरुले भने गोलाप्रथाबाट थप १० कित्ता आईपीओ पाएका छन्।

कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर खुला गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .