आज नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको छ। चाँदीको भाउ भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतितोला दुई सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको एक लाख २० हजार ७ सय रुपैयाँ पुगेको छ।
आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
72
Shares
प्रतिक्रिया