काठमाडौंको भृकुटीमण्डपमा रियल स्टेट एक्स्पो सुरु भएको छ।
४ दिनसम्म चल्ने मेलाको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले उद्घाटन गरेकी हुन्।
आठौं पटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आआफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गर्नेछन्। मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी छन्।
मन्त्री श्रेष्ठले एक्स्पोले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताइन्। भूमि व्यवस्था मन्त्रालयले रियल स्टेट क्षेत्रमा जग्गाको हदबन्दी हटाउने विषयमा प्रयत्न गरिरहेको बताइन्।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले घरजग्गा मेलाले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताए। निर्माण व्यवसायीको ४० अर्ब रूपैयाँ बाँकी छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा चलायमान बनाउँदा अर्थतन्त्र नै चलायमान हुने बताए। उनले बैंकमा ६ खर्ब रूपैयाँ थुप्रिएको भन्दै ऋण प्रवाह हुने गरी जोखिमभार घटाउन आग्रह गरे।
विद्युतीय सरसामानहरु, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्ट्स, सवारीसाधन, सजावटका सामान एक्स्पोमा रहेका छन्।
कुन कम्पनीका कस्ता छन् प्रोडक्ट?
एक्स्पोमा ग्रिन हिल सिटी र गौरब डेभलपर्सको सुर्यविनायक कोलोनी शोकेस गरिएको छ। जसमा १४६ वटा कोलोनी छन्। चौधरी ग्रुपको भैँसेपाटीमा सीजी हिल्स प्रिमियम शोकेसमा छ। सीजीका ३ प्रकारका भिल्ला रहेका छन्।
डाउन टाउन रेसिडेन्सीले धापा खेल, भैँसेपाटी, झम्सिखेल र चाकुपाटका हाउजिङ तथा अपार्टमेन्ट शोकेसमा राखेको छ।
आईएमएस ग्रुपले भैसेपाटीमा हाउजिङ र ४.५ आनादेखि १ रोपनीसम्मको जग्गा प्रदर्शनीमा राखेको छ।
रोड शो रियल स्टेटले पुलचोक हाइट अपार्टमेन्ट शोकेशमा राखेको छ। कर्मा रेसिडेन्सीले महाराजगन्जको कर्मा रेसिडेन्सी शोकेसमा राखेको छ।
त्यस्तै प्रसिद्ध रोहनी रियलस्टेटको नगरकोट ड्रिम सिटी शोकेसमा रहेको छ।
Shares
प्रतिक्रिया