पछिल्लो एक दिन बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब कर्जा प्रवाह बढेको छ। पुस १० गते बैंक तथा वित्तीय संस्थाले ५० खर्ब १२ अर्ब गरेको कर्जा प्रवाह एकैदिन ६ अर्बले बढेको हो।
पुस ११ गतेसम्म आइपुग्दा कर्जा प्रवाह ५० खर्ब १८ अर्ब पुगेको छ। सोही अवधिमा निक्षेप संकलन ४ अर्बले बढेको छ।
पुस १० गते बैंक तथा वित्तीय संस्थाकम ६० खर्ब ४७ अर्ब गरेको निक्षेप एकैदिन ४ अर्बले बढेको छ। पुस ११ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थामा ६० खर्ब ५१ अर्ब निक्षेप पुगेको छ।
प्रणालीमा निरन्तर निक्षेप थपिन थालेसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.१४ प्रतिशत रहेको छ।
साथै, अन्तर बैंक ब्याजदर समेत २.४५ प्रतिशत रहेको छ। प्रणालीमा ६ खर्ब बढी लगानी योग्य रकम (तरलता) हुँदा अन्तर बैंक ब्याजदर साढे २ प्रतिशत हाराहारीमा देखिएको हो।
87
Shares
प्रतिक्रिया