ad ad

कारोबार


नगरपालिकाको २५ प्रतिशत भूभाग ग्रामीण, गाउँपालिकामा ६ प्रतिशत मात्र सहर

नगरपालिकाको २५ प्रतिशत भूभाग ग्रामीण, गाउँपालिकामा ६ प्रतिशत मात्र सहर

नेपालखबर
पुस १७, २०८० मंगलबार १४:२६, काठमाडौँ

विकासका पूर्वाधारको हिसाबमा गाउँपालिका र नगरपालिकाको रुपमा वर्गीकरण गरिए पनि २५ दशमलव ४ प्रतिशत नगरपालिकाको भूभाग ग्रामीण नै देखिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ५ दशमलव ९ प्रतिशत गाउँपालिकाको भूभाग भने सहरी क्षेत्र देखिएको छ। 

तथ्यांकअनुसार गाउँपालिकाका २ हजार ४ सय १२ वटा वडा ग्रामीण छन्। महानगरपालिकाको समेत ८ वटा वडा ग्रामीण छ भने उपमहानगरपालिकाका २१ वटा वडा  र नगरपालिकाका १ हजार २ सय ४४ वटा वडा ग्रामीण देखिएका छन्। 

त्यस्तै गाउँपालिकाका १ सय ३९ वटा वडा सहरी छन्। महानगरका १ सय २६ वटा वडा सहरी छन् भने उपमहानगरका १०६ वटा वडा र नगरपालिकाका ५ सय ९१ वटा वडा सहरी छन्। 

बाँकी भूभाग भने सहरोन्मुख रहेको तथ्याङ्कले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .