ad ad

कारोबार


सेयरबजारमा ३० अंकको गिरावट, २०५ कम्पनीका लगानीकर्ताले गुमाए

सेयरबजारमा ३० अंकको गिरावट, २०५ कम्पनीका लगानीकर्ताले गुमाए

नेपालखबर
पुस १७, २०८० मंगलबार १५:५५, काठमाडौँ

सेयरबजारमा आज ३०.०५ अंकको गिरावट आएको छ। 

मंगलबार बजार परिसूचक उक्त अंकले घटेर २०३०.१० विन्दुमा रोकिएको हो। 

योसँगै २०५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ३७ वटा कम्पनीको मात्र सेयर बढेको छ। यता तीनवटाको भने उही मूल्यमा कारोबार भएको छ। 

घटेको दिन ४ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ। मंगलबार कारोबार समयमा १ करोड ११ लाख कित्ता सेयर बिक्री भएको थियो। 

आज सबैभन्दा बढी हिमालयन हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन्। यसबाहेक सिटिजन लाइफ इन्स्योरेन्स, दोर्दीखोला जलविद्युत् लगायतका कम्पनीका लगानीकर्ताले पनि घाटा व्यहोरेका छन्। 

यता चिर्ख्वा हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङलगायतका सेयरधनीले भने १० प्रतिशत हाराहारीमा कमाएको नेप्सेले जनाएको छ। 

सर्वाधिक कारोबारमा भने शिवम् सिमेन्ट अगाडि छ। कम्पनीको १६ करोड सेयर कारोबार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .