द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (एआईडीआईए) र विवेकानन्द इन्टरनेशनल फाउन्डेसन (भीआईएफ)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
नयाँ दिल्लीमा बुधबार भएको समझदारीपत्रमा एआईडीआईएका संस्थापक सुनिल केसी र भीआईएफका निर्देशक अरविन्द गुप्ताले हस्ताक्षर गरो हुन्।
दुवै संस्थाले अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा सहकार्यलाई बढाउने बताएका छन्। यसले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धलाई समेत अभिवृद्धि गर्न सहयोग पुग्ने एआईडीआईएका संस्थापक केसीले जानकारी दिए।
एआईडीआईए काठमाडौंमा रहेको स्वतन्त्र, गैरपक्षीय विदेशी पोलिसी थिंकट्यांक हो।
27
Shares
प्रतिक्रिया