ad ad

कारोबार


मधेशमा ७.३० प्रतिशतले बढ्यो औद्योगिक कर्जा, उत्पादन क्षमता घट्यो

मधेशमा ७.३० प्रतिशतले बढ्यो औद्योगिक कर्जा, उत्पादन क्षमता घट्यो

नेपालखबर
पुस १९, २०८० बिहिबार १७:२, काठमाडौँ

मधेश प्रदेशमा औद्योगिक कर्जा ७.३० प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका ८ वटा जिल्लाको आर्थिक गतिविधिहरूको स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट उक्त तथ्य फेला पारेको हो।

बिहीबार नेपाल राष्ट्र बैंकले मधेश प्रदेशको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन, सार्वजनिक गरी यस क्षेत्रमा जाने कर्जा ७.३० प्रतिशतले बढेको जनाएको हो। बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा ७.३० प्रतिशतले बढेर १ खर्ब ९ अर्ब ५९ करोड पुगेको छ।

गत आर्थिक वर्षमा यस्तो कर्जा १ खर्ब २ अर्ब १३ करोड रहेको थियो। औद्योगिक क्षेत्रतर्फ प्रवाह बढे पनि उत्पादन क्षमतामा भने गिरावट आएको छ। 

आर्थिक वर्ष २०७९/०८०मा मधेश प्रदेशका उद्योगहरूको क्षमता उपयोग औसतमा  ५४.२५ प्रतिशत रहेको उल्लेख छ। गत वर्षको सोही वर्षमा औसत क्षमता उपयोग ६१.५२ प्रतिशत रहेको थियो। 

सोही अवधिमा सुर्तीजन्य वस्तु उद्योगले सबैभन्दा बढी ९१.०५ प्रतिशत र छाला र छालाको समान उद्योगले सबैभन्दा कम १०.२३ प्रतिशत क्षमता उपयोग गरेको देखिन्छ। गत वर्षको सोही वर्षमा फेब्रिकेटेड धातुको समान उद्योगले सबैभन्दा बढी ९४.७२ प्रतिशत र कागज उद्योगले सबैभन्दा कम १०.७९ प्रतिशत क्षमता उपयोग गरेको थियो। प्रमुख उद्योगहरुको आ.व.२०७८/७९ र आ.व.२०७९/८० को क्षमता उपयोग सम्बन्धी विवरणलाई चार्ट ४.१ मा प्रस्तुगत गरिएको छ।

औद्योगिक कर्जा १ खर्ब ९ अर्ब 
बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा ७.३० प्रतिशतले वृद्धि १ खर्ब ९ अर्ब ५९ करोड पुगेको छ। गत आर्थिक वर्षमा यस्तोकर्जा १ खर्ब २ अर्ब १३ करोड रहेको थियो।

समीक्षा वर्षमा मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा मध्ये सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा ६१.०८ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा २.३४ प्रतिशत रहेको छ। मधेश प्रदेशमा सब भन्दा धेरै उद्योगहरू पर्सा जिल्लामा रहेकोले पर्सा जिल्लामा सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह भएको देखिन्छ। 

निक्षेप १३.२५ प्रतिशतले बढ्दा कर्जा ४.६८ प्रतिशतले वृद्धि
मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाले गर्ने निक्षेप संकलन १३.२५ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ४.६८ प्रतिशतले बढेको छ।

असार मसान्तसम्म मधेश प्रदेशबाट संकलन गरेको कुल निक्षेप १३।२५ प्रतिशतले वृद्धि भई २ खर्ब ९६ अर्ब ५० करोड पुगेको छ। अघिल्लो आवमा यस्तो निक्षेप ५।३५ प्रतिशतले वृद्धि भई २ खर्ब ६१ अर्ब ८१ करोड पुगेको थियो।

मधेश प्रदेशमा प्रवाह गरेको कर्जा ४.६८ प्रतिशतले वृद्धि भई ४ खर्ब ५० अर्ब २१ करोड पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा १६।७० प्रतिशतले वृद्धि भई ४ खर्ब ३० अर्ब ९ करोड पुगेको थियो।

अध्ययनले मधेश प्रदेशमा सेवारत बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय स्रोत तथा साधनलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी आर्थिक वृद्धि तथा उत्पादकत्व वृद्धि गर्नुपर्ने चुनौती देखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .