ad ad

कारोबार


कोशी प्रदेशको औद्योगिक क्षेत्रमा बैंकहरूले गरे १ खर्ब २९ अर्ब कर्जा प्रवाह

कोशी प्रदेशको औद्योगिक क्षेत्रमा बैंकहरूले गरे १ खर्ब २९ अर्ब कर्जा प्रवाह

नेपालखबर
पुस २२, २०८० आइतबार १३:२, काठमाडौँ

कोशी प्रदेशको औद्योगिक क्षेत्रमा बैंक वित्तीय संस्थाले १ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेका छन् । 

नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कोशी प्रदेशको गैर खाद्यबस्तु र कृषि, बन तथा पेय पदार्थ उत्पादन क्षेत्रमा बैंक वित्तीय संस्थाले २०७९र८० असार मसान्तसम्ममा १ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेका हुन् ।

त्यसैगरी, कोशी प्रदेशको कृषि क्षेत्रमा बैंक वित्तीय संस्थाले ६१ अर्ब कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कोशी प्रदेशको कृषि, वन र मत्स्यपालन क्षेत्रमा बैंक वित्तीय संस्थाले २०७९/८० असार मसान्तसम्ममा ६१ अर्ब १९ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका हुन् ।

कृषि क्षेत्रको कुल कर्जाको ८१।७३ प्रतिशत हिस्सा तीन जिल्लामा मात्रै प्रवाह भएको छ । प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा मात्रै ५० अर्बभन्दा बढी कर्जा प्रवाह भएको हो । भोजपुर, धनकुटा, इलाम, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर जिल्लामा प्रवाहित कर्जाको हिस्सा निकै सानो छ ।

२०८० असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न शीर्षकमा जिल्लागत रुपमा प्रवाहित कर्जामध्ये मोरङमा सबैभन्दा बढी १९ अर्ब ९९ करोड ६० लाख रुपैयाँ र सोलुखुम्बुमा सबैभन्दा कम ३३ करोड ५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

त्यस्तै झापामा १५ अर्ब ४३ करोड ८० लाख र सुनसरीमा १४ अर्ब ५८ करोड १० लाख रुपैर्या कृषि कर्जा प्रवाह भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

२०८० असार मसान्तसम्ममा कोशी प्रदेशमा प्रवाहित कुल कर्जा प्रवाहमध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १०.९७ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जाको अंश १० प्रतिशत थियो ।

२०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा १२।२ प्रतिशतले वृद्धि भएको हो । २०७९ असार मसान्तसम्म कृषि क्षेत्रमा प्रवाह भएको कुल कर्जा ५४ अर्ब ५२ करोड २५ लाख थियो ।

२०८० असार मसान्तसम्ममा कृषि कर्जाका विभिन्न शीर्षकमध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा ३०‍.५ प्रतिशत, पशुपालनमा २२ प्रतिशत, अन्नबालीमा १५.४ प्रतिशत, पन्छीपालनमा ८.४ प्रतिशत र तरकारी बाली उत्पादनमा ५.७ प्रतिशत, चिया तथा कफीमा ४।१ प्रतिशत, अन्य नगदे बालीमा ३.१ प्रतिशत तथा माछापालनसम्बन्धी क्षेत्रमा २.४ प्रतिशत कर्जा प्रवाह भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .