ad ad

कारोबार


यस्तो बन्यो नाडाको पदाधिकारीसहितको केन्द्रीय समिति

यस्तो बन्यो नाडाको पदाधिकारीसहितको केन्द्रीय समिति

नेपालखबर
पुस २२, २०८० आइतबार १९:२९, काठमाडौँ

पुस २० गते काठमाडौंमा सम्पन्न भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ औं वार्षिक साधारण सभाले करण चौधरीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको थियो।

त्यसैगरी सो साधारण सभाले १७ जना केन्द्रीय कार्य समिति सदस्यहरूलाई समेत सर्वसम्मत रुपमा निर्वाचित गरेको थियो।

आज (पुस २२ गते) नवनिर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा बसेकोे नाडा केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम पदाधिकारीहरू सर्वसम्मत रुपमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको छ।

त्यसैगरी सो बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ।

यसैक्रममा सो बैठकले संस्थागत सदस्यहरुमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ।

बैठकले केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, संजयकुमार खेतान, नवराज भुसाल, ऋद्धि कार्की, दिपेन्दकुमार मिश्र र सौरभ थापालाई निर्वाचित गरेको छ।

नाडाको उक्त विधान बमोजिम नवनिर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठलाई सोही केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .