ad ad

कारोबार


यूरो र पाउण्डको भाउ बढ्यो, अरु मुद्राको बढ्यो कि घट्यो?

यूरो र पाउण्डको भाउ बढ्यो, अरु मुद्राको बढ्यो कि घट्यो?

फाइल तस्बिर


नेपालखबर
पुस २३, २०८० सोमबार ६:३२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलरको भाउ यथावत रहँदा युरो र पाउण्डको भाउ भने बढेको छ। 

आजको लागि अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा तोकिएको छ। 

त्यसैगरी आज युरो एकको खरिददर १४५ रुपैयाँ २६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा थियो। 

आजको लागि बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको राष्ट्रबैंकले जनाएको छ। 

आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९८ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा थियो।

त्यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ६६ पैसा तोकिएको छ।

बहराइन दिनार भने १ को खरिददर ३५२ रुपैयाँ १० पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६९ पैसा तोकिएको छ।  

हेर्नुहाेस् अरु मुद्राकाे सूची

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .