नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले सेयरबजारको शुद्धीकरण गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ।
खुमलटारस्थित धितोपत्र बोर्डको कार्यालयमा विप्लव कार्यकर्ताहरुले सोमबार घेराउ गरेका हुन्।
विप्लव पार्टीका केन्द्रीय सदस्य एवं ललितपुर इन्चार्ज भीमसेन घिमिरेले नेपालको समग्र सेयर बजार तथा विशेषतस् यसको नियमनकारी निकाय धितोपत्र बोर्डभित्रको नीतिगत, आर्थिक एवम् प्रशासनिक अनियमितता तथा बेथितिको अन्त्य र पुँजी बजारको शुद्धीकरणको लागि ध्यानाकर्षण गरेको बताए।
उनले ‘माफियाहरु र सेयरबजारमा रजगज गरिरहेका सीमित दलाल’विरुद्ध एकजुट हुन लगानीकर्ताहरुलाई समेत आग्रह गरे।
‘साना/ठूला स्वच्छ लगानीकर्ताहरुको हित रक्षा र सेयर बजारको शुद्धीकरणको लागि नेपाल कम्युनिस्ट पार्टी यहाँहरुको पक्षमा उभिनेछ’, घिमिरेले भने।
45
Shares
प्रतिक्रिया