ad ad

कारोबार


हिमालय एयरलाइन्स आईओएसएमा दर्ता

हिमालय एयरलाइन्स आईओएसएमा दर्ता

नेपालखबर
पुस २४, २०८० मंगलबार १९:४४, काठमाडौँ

हिमालय एयरलाइन्सका आईओएसएमा दर्ता भएको छ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा बोल्दै एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एयरलाइन्स आईओएसएमा दर्ता हुनु नेपालको हवाई क्षेत्रको लागि खुशीको कुरा भएको बताए।

२८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (आईएटीए) द्वारा ३ मार्च २०२५ सम्म मान्य हुनेगरी आईओएसए प्रमाणीकरण भएको उपाध्यक्ष श्रेष्ठले बताए।

उनले एयरलाइन्सले नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न पहलकदमीका यस सफलतलाई लिएको बताए।

हिमालय एयरलाइन्सका लागि आईओएसए प्रमाणीकरणले हिमालय एयरलाइन्सले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गरेको बताए।

कम्पनीकाअनुसार आईओएसएको परीक्षणबाट वायुसेवाको दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .