ad ad

कारोबार


विश्व अर्थतन्त्र ओरालो लागिरहेको बेला नेपाली अर्थतन्त्रको वृद्धिदर राम्रो : विश्व बैंक

विश्व अर्थतन्त्र ओरालो लागिरहेको बेला नेपाली अर्थतन्त्रको वृद्धिदर राम्रो : विश्व बैंक

फाइल तस्बिर


नेपालखबर
पुस २६, २०८० बिहिबार १०:१०, काठमाडौँ

विश्व बैंकले आगामी दिनमा नेपालको अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण गरेको छ। विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको वृद्धिदर तुलनात्मक रूपमा राम्रो रहेको र आगामी दिनमा त्यसमा अझ सुधार हुने प्रक्षेपण विश्व बैंकले गरेको हो।

विश्व बैंकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावना प्रतिवेदनका अनुसार आगामी आर्थिक वर्ष (०८१/८२) मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने छ।

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने अनुमान गरेको छ। गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि १ दशमलव ९ प्रतिशत थियो। 

सरकारले भने चालु आर्थिक वर्षको आर्थि वृद्धि लक्ष्य ६ प्रतिशत तय गरेको छ । 

विश्व बैंकले २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने अनुमान गरिरहँदा नेपालको आर्थिक वृद्धदर बढ्ने प्रक्षपण विश्व बैंकले गरेको हो। 

विश्व बैंकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावना प्रतिवेदनका अनुसार २०२३ मा २.६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि २०२४ मा २.४ प्रतिशत रहने छ। विश्व बैंकले सुरुका चार आवको विश्व्यापी आर्थिक वृद्धि ३० वर्षयताकै कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .