ad ad

कारोबार


अरुण काबेली पावर लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा

अरुण काबेली पावर लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा

नेपालखबर
पुस २७, २०८० शुक्रबार १६:५, काठमाडौँ

अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

काठमाडौंको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको मैत्री हलमा कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्य्क्षतामा सम्पन्न भएको हो।

साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरिएको छ। लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्दै , लेखापरीक्षक नियुक्ति र  निजको पारिश्रमिक निर्धारण पनि साधारणसभाले गरेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ।

अरुण काबेली पावर लिमिटेड कम्पनीले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङबीचमा बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी-१ जलविद्युत परियोजना २०७६ असोज १६ गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत आपुर्ति गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .