नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनियमत दर सार्वजनिक गरेको छ। अघिल्लो दिनको कारोबारको तुलनामा आज सबैजसो विदेशी मुद्राको भाउ घटेको छ।
आज युरो एकको खरिददर १४५ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। शुक्रबार युरो एकको खरिददर १४५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १४६ रुपैयाँ २१ पैसा थियो।
आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा तोकिएको
यसअघि शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३३ रुपैयाँ १५ पैसा थियो भने बिहीबार १ अमेरिकी डलरको खरिदर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा थियो।
त्यस्तै कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ।
गएको शुक्रबार कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा थियो भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ३२ पैसा थियो।
त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७३ पैसा तोकिएको छ।
आज बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ। गएको शुक्रबार बेलायती पाउन्ड एकको खरिददर १६९ रुपैयाँ १८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा थियो।
हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची
Shares
प्रतिक्रिया