सेयरबजारमा आज उच्च परिमाणको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक नेप्से ५४.५४ अंकले बढेको दिन बजारमा कारोबार आठ अर्ब पुगेको हो।
योसँगै २१४ कम्पनीको सेयर मूल्य बढेको र ३१ वटाको घटेको छ भने दुईवटाको उही मूल्यमा कारोबार भएको छ।
मंगलबार बजार खुलेदेखि लगातार बढेको थियो। ३ बजे कारोबार बन्द हुँदासम्म नेप्से २१७५.१७ विन्दुमा पुगेको छ।
आज बजारमा ५ वटाको सेयरमा सकारात्मक सर्किट लागेको छ। यसमा बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रो, हिमालयन पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल वेयरहाउजिङ कम्पनी छन्।
त्यस्तै ज्योति विकास बैंकको ऋणपत्र, हिमालयन ८०–२० लगायतको सेयर भने घटेको छ।
आज बजारमा सोनापुर मिनरल्सको सर्वाधिक २८ करोडको सेयर किनबेच भएको छ। योसँगै आज बजार पुँजीकरण ३४ खर्ब र तरलता ११ खर्ब पुगेको छ।
42
Shares
प्रतिक्रिया