ad ad

कारोबार


बुक बिल्डिङ विधिबाट सेयर जारी गर्दै यति ब्रुअरी, बिक्री प्रबन्धक नियुक्त

बुक बिल्डिङ विधिबाट सेयर जारी गर्दै यति ब्रुअरी, बिक्री प्रबन्धक नियुक्त

नेपालखबर
माघ २, २०८० मंगलबार १६:१६, काठमाडौँ

यती ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण सेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले यसका लागि लाजिम्पाटस्थित एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

उक्त सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा यती ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सञ्जीव सर्राफ र एनआईएमबी एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

यती ब्रुअरी लिमिटेडको रजिष्टर्ड कार्यालय अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौंमा रहेकोे छ  र यस यती ब्रुअरीको फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा छ।

यती ब्रुअरी लिमिटेडले हाल अर्ना, यती, वाईबी, शिखरलगायत किंगफिसरजस्ता चर्चित ब्रान्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ।

उक्त सम्झौताअन्तर्गत एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा बुक बिल्डिङ्ग विधिमार्फत यती ब्रुअरी लिमिटेडको साधारण सेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिने कम्पनीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .