स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्कीले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने बताएका छन्।
इप्पान डेकाे कार्यक्रममा बोल्दै उनले सरकारले निजी क्षेत्रले आयाेजना बनाउने वातावरण बनाए १० हजार मेगावाट बनाउन सक्ने बताएका हुन्।
कार्कीका अनुसार २९ सय मेगावाटमा ७० प्रतिशत निजी क्षेत्रकाे याेगदान छ। अहिले १५ सय मेगावट आयाेजनाकाे प्रसारणलाइन बनाउनुपर्ने आवश्यकता पनि उनले कार्यक्रममा औँल्याए।
कार्यक्रममा ऊर्जामन्त्री शक्ति बस्नेतले सुख्खा र वर्षा समयमा विद्युतकाे महशुल फरक हुनुपर्ने बताए। हिउँदमा ऊर्जा उत्पादन कम हुने भएकाले फरक मूल्य हुनुपर्ने बताए।
उनले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्वपूर्ण अवसर बन्ने दाबी गरे। उनले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी विद्युत उत्पादन गर्नसक्ने बताए।
मन्त्री बस्नेतले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत उत्पादन गर्ने लक्ष्यअनुसार अघि बढिरहेको बताए। उनले पछिल्लो डेढ वर्षको अवधिमा १ हजार भन्दा बढी मेगावाट विद्युत उत्पादनको अवस्था सिर्जना भइरहेको बताए।
उनले उत्पादन अनुमति पाएर लाइसेन्स हाेल्ड गर्ने समस्या समाधान गर्न निजी क्षेत्रलाई आग्रह गरे।
ऊर्जा उत्पादनमा पछिल्लाे दशक सबैभन्दा बढी प्रगति भएकाे इप्पानले जनाएको छ। त्यस्तै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले २३ वर्ष पूरा गरी २४ वर्ष पुगेकाेमा इप्पानलाई शुभकामना व्यक्त गरे।
Shares
प्रतिक्रिया