नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनियमत दर सार्वजनिक गरेको छ।
अघिल्लो दिनको कारोबारको तुलनामा आज अमेरिकी डलरको भाउ थोरै घट्दा युरो, बेलायती पाउन्ड, अस्टेलियन डलर लगायत केही विदेशी मुद्राको भाउ भने बढेको छ।
आज युरो एकको खरिददर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ निर्धारण भएको छ। हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ थियो।
त्यसैगरी आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३० पैसा तोकिएको छ। हिजो अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३३ पैसा थियो
त्यस्तै कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ४३३ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ०२ पैसा थियो।
त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६० पैसा तोकिएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६८ पैसा थियो।
आज बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६९ रुपैयाँ १८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १४ पैसा थियो।
त्यसैगरी आजको लागि अस्टेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ।
हिजो अस्टेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४१ पैसा थियो।
हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची
Shares
प्रतिक्रिया