राजस्व अनुसन्धान विभागले २ करोड रुपैयाँसहित कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ।
बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मार्दा हुन्डीको २ करोड रकम बरामद भएकाले उनलाई नियन्त्रणमा लिइएको विभाग स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।
उनीसहित अन्य २ जनालाई पनि नियन्त्रणमा लिइएको विभागले जनाएको छ।
बाहिर कपडा व्यापार देखाइए पनि भित्रभित्र सुन, हुन्डी र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको विभागको अनुमान छ।
राजस्व अनुसन्धान विभागको हिरासतमा रहेका अग्रवालबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।
900
Shares
प्रतिक्रिया