ad ad

कारोबार


धितोपत्र बोर्डको अध्यक्ष छान्न श्रेष्ठको संयोजकत्वमा समिति गठन

यी हुन् अध्यक्षका ८ आकांक्षी
धितोपत्र बोर्डको अध्यक्ष छान्न श्रेष्ठको संयोजकत्वमा समिति गठन

निरज गिरी, मुक्ति श्रेष्ठ, चिन्तामणि शिवाकोटी, चिरञ्जीवी चापागाईं, चन्द्रसिंह साउद, कृष्णराज पोखरेल, नवराज अधिकारी र शिवराज श्रेष्ठ (बायाँबाट क्रमशः)


नेपालखबर
माघ ५, २०८० शुक्रबार ११:३५, काठमाडौँ

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा‍. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। 

बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले डा. श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो। 

उक्त समितिमा अर्थसचिव डा. कृष्णहरि पुस्कर र शंकरदेव क्याम्पसका उपप्राध्यापक उदय निरौला सदस्य छन्। 

धितोपत्र बोर्ड ऐनको दफा ७ बमोजिम उक्त समिति गठन गरिएको हो। 

अब समितिले अध्यक्ष छनोटसम्बन्धी कार्यविधि बनाई विज्ञापन प्रकाशन गर्नेछ । र, आवेदन दिनेमध्येबाट कार्यविधिमा उल्लेख प्रक्रियाबाट ३ जना छनोट गरी अध्यक्ष नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ। 

अर्थमन्त्रीले उक्त सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने र मन्त्रिपरिषद् सिफारिसमा परेका तीन जनामध्येबाट कुनै एक जनालाई बोर्ड अध्यक्ष नियुक्ति गर्ने धितोपत्रसम्बन्धी ऎनमा उल्लेख छ।

बोर्डको अध्यक्ष बन्न ८ जना आकांक्षी छन्।

स्रोतका अनुसार अब अध्यक्ष बन्ने दौडमा बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, कार्यकारी डा. नवराज अधिकारी र कृष्ण पोखरेल, नेप्सेका पूर्वसीईओ चन्द्रसिंह साउद, तत्कालीन बिमा समिति (हाल बिमा प्राधिकरण) का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, बोर्डकै पूर्वकार्यकारी अधिकृत निरज गिरी, नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .