उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ९ महिनामा नै उद्योग विभागको महानिर्देशक परिवर्तन गरेका छन्।
मन्त्री रिजालले हालका महानिर्देशक बाबुराम गौतमलाई मन्त्रालय तानेका हुन्।
योसँगै विभागको नयाँ महानिर्देशकको जिम्मेवारी सहसचिव यज्ञराज कोइरालाले पाएका छन्। कोइराला यसअघि मन्त्रालयमै कार्यरत थिए।
बुधबार कोइरालालई महानिर्देशकको जिम्मेवारी दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।
कोइरालाले कार्यभार सम्हालिसकेका छन्। गौतमले पनि मन्त्रालयको औद्योगिक प्रवर्द्धन महाशाखा सम्हालिरहेको समयमा तत्कालीन महानिर्देशक रामचन्द्र तिवारीलाई ‘रिप्लेस’ गरेका थिए।
60
Shares
प्रतिक्रिया